सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्क्रफ टाइफसका बिरामी देखिन थाले

२०७५ जेठ १८, ०६:३५

धनगढीमा स्क्रफ टाइफसका बिरामी देखिन थालेका छन । हसनपुरमा रहेको धनगढी डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिमा कञ्चनपुर पुर्नवासबाट स्वास्थ्य परीक्षण गर्न आएका एक व्यक्तिमा स्क्रफ टाइफस बिरामी देखिएको हो । सेन्टरका निर्देशक महेन्द्रबहादुर साउँदले बर्षायाम देखिने रोग अहिले नै देखिएको बताउनुभयो । यो रोग बर्षायाममा बढी देखिन्छ । मुसामा लाग्ने माईट नामको सुक्ष्म किर्नाले टोकेमा स्क्रफ टाइफस सर्ने गर्छ । नेपालमा २०७२ सालमा पहिलो पटक यो रोग देखा परेको थियो । स्क्रफ टाइफस लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउमा रातो डावर आउने र शरीर दुख्ने लक्षण देखिन्छन् ।
स्क्रफ टाईफसको सक्रमण हरेक बर्षदेखि रहेकाले सबैले सचेत रहन चिकित्सकले सल्लाह दिएका छन् । यसबाट बच्नका लागि किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै यसको प्रमुख रोकथाम हो । यसको लागि घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाँडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केहि ओछ्याएर बस्ने गर्नु पर्दछ ।
 

कमेन्ट लोड गर्नुस