सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य शिविरको रिर्पोट सार्वजनिक (भिडियो सहित)

२०७५ जेठ १३, ०८:०९

सुदुरपश्चिमेली नेपाली समाजले स्वास्थ्य शिविरको रिर्पोट सार्वजनिक गरेको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर स्वास्थ्य शिविरको रिर्पोट सार्वजनिक गरेको हो । सुदुर पश्चिमेली नेपाली समाजले दर्चुला र बझाङमा २÷२ दिने महिलाको पाठेघर समस्या सम्वन्धी निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । जेठ ६, ७ गते दार्चुला र ९, १० गते बझाङमा महिलाको पाठेघर सम्बन्धी स्वस्थ्य शिविरको सञ्चालन गरेको थियो । आज समाजले सोही स्वास्थ्य शिविरको रिर्पोट सार्वजनिक गरेको हो । 

दार्चुलामा २ सय ४४ र बझाङमा १ सय १८ जना महिलाले स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएको समाजको रिर्पोटमा उल्लेख गरिएको छ । दार्चुलामा स्वास्थ्य जाँच गराउने महिला मध्ये २६ जना महिलाको पाठेघरमा समस्या देखिएको समाजका अध्यक्ष धनबहादुर बलाएरले वताए । जस्मध्ये १ जना महिलालाई क्यान्सरको संक्रमण देखिएको वताए । यस्तै बझाङमा स्वास्थ्य जाँच गराएका १ सय १८ महिला मध्य ३ जना महिलाको पाठेघरमा समस्या देखिएकोले तत्काल उपचारको आवश्यकता रहेको उनले वताए । 

पाठेघरमा समस्या देखिएका विरामिहरुको लागि समाजले विभिन्न संघ सस्था र सरकारी निकायसंग समन्वय गर्ने अध्यक्ष बलायरले बताए । स्वास्थ्य शिविरमा संलग्न डाक्टर रमेश जोशीले सानो उम्मेरमा विवाह गरी चाडै आमा बनेका महिलामा बढी पाठेघर सम्बन्धी समस्या देखिएको बताए । बच्चालाई जन्म दिएको ६ हप्तासँग आरामको आवश्कता हुने भएपनि त्यहाँका महिलाले उक्त आराम गर्न नपाउने भएकोले पाठेघर सम्बन्धी समस्या देखिएको उनको भनाई छ ।
 

कमेन्ट लोड गर्नुस