सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाली जिल्ला दार्चुलामै भेटिए कालाजारका विरामी, एकको मृत्यु

२०७५ असार ७, ०६:११

जलवायु परिवर्तनका कारण जीबजन्तु, जिबाणु र परजिबिहरुले समेत बसाइसराइ गर्न थालेका छन् । तराइका जिल्लाहरुमा पाइने लामखुट्टे, भुसुनाजस्ता परजीवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लाहरुमा समेत बढ्दै गएको छ । मलेरिया, कालाजार जस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको संक्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखा परेको हो ।
यो बर्षमात्रै दार्चुला जिल्लामा ४ जना कालाजारका विरामी भेटिएका छन् । संक्रमित चारै जना महाकाली नगरपालीका ५ बंगाबगड क्षेत्रका रहेको जिल्ला जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिनुभयो । संक्रमितहरु मध्ये एक जनाको ज्यान गएको छ भने तिन जनाको उपचार भइरहेको जनाइएको छ । कालाजार भेटिएपछि अध्ययनको लागि क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट १० जना चिकित्सकको टोली दार्चुला पुगेको छ । 
जिल्ला बाहिरबाट संक्रमित भएर यहाँ आएपछि रोग देखा परेको हो वा दार्चुला जिल्लामै कालाजार सार्ने जिबाणुको बसोबास रहेको छ भन्ने कुरा पत्ता लगाउन चिकित्सको टोली जिल्लामा पुगेको हो । 
कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घटने, थकान महसुस हुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने जस्ता लक्षणहरु देखा पर्ने गरेका छन् । 

कमेन्ट लोड गर्नुस