सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘स्कर्ट’को ट्रेन्ड

२०७५ असार ३०, ०७:५२

  फेसन ट्रेन्डमा मौसमको खास प्रभाव रहन्छ । मौसम बदलिएसँगै फेसन ट्रेन्डमा पनि परिवर्तन आउँछ । गर्मी, जाडो, वर्षाजस्ता मौसममा त्यहीअनुकूल पहिरनको खोजी हुनु नौलो कुरा होइन । 
यसैले मौसमसँगै फेसनमा नयाँपन आउने गरेको छ । हरेक महिना नयाँ फेसन ट्रेन्डले बजार छाएको देख्न सकिन्छ । अहिलेका पुस्तामा नयाँपनको खोजी बढ्दै गएको पाइन्छ ।
युवा–युवती आफूलाई अरूभन्दा भिन्न देखाउन नयाँ–नयाँ फेसन शैली अपनाइरहेका हुन्छन् । यसले गर्दा फ्युजन फेसन ट्रेन्ड बढी देखिएको छ । 
बदलिँदो फेसनले हरेक उमेर समूहलाई प्रभाव पारे पनि फेसनमा नयाँ–नयाँ प्रयोग गर्ने भनेको युवापुस्ता नै हो । बजारमा कस्तो ट्रेन्ड चलेको छ भन्ने कुरामा उनीहरू अपडेट रहन्छन् र आफूलाई सोहीअनुसार बदल्छन् । कतिले आफूअनुसार अरूलाई बदल्ने गरेका छन् । नयाँपनको खोजी गर्नेमा अरूले लगाएको पहिरनलाई पछ्याउनेको संख्या पनि त्यति नै छ । यही अन्यको शैली पछ्याउने समूहका कारण बजारमा ‘ट्रेन्ड’ स्थापित हुन्छ ।
अहिले किशोरी मात्रै नभएर महिलाहरू पनि स्कर्टमा सजिएको देख्न सकिन्छ । वर्षाको मौसम भएकाले पनि स्कर्ट उपयुक्त ड्रेस हो ।
बजारमा नयाँ फेसन ट्रेन्डसँगै पुरानो जमानामा चलेका त्यही फेसन पुनरावृत्ति हुने ट्रेन्ड पनि त्यत्तिकै छ । कति पुरानै फेसन मोडिफाई भएर पनि आएका छन् भने कतिपय जस्ताको त्यस्तै फेसन पुनरावृत्ति भएर आएका छन् । तिनै पुराना फेसन पुनरावृत्ति भएर आएकामध्ये स्कर्ट एक हो । 
अहिले किशोरी मात्रै नभएर महिलाहरू पनि स्कर्टमा सजिएको देख्न सकिन्छ । वर्षाको मौसम भएकाले पनि स्कर्ट उपयुक्त ड्रेस हो । त्यसैले अहिले यसकै ट्रेन्ड छ ।

कमेन्ट लोड गर्नुस