सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुव्र्यवहार हुन थालेपछि डाक्टरहरु आउन अनिच्छुक

२०७४ फाल्गुन १३, ०९:१३

प्रदेश नम्वर ७ मा चिकित्सकहरु माथि दुव्र्यवहार हुन थालेपछि स्वास्थ्य सेवाका लागि जान डाक्टरहरु अनिच्छुक देखिन थालेका छन । चिकित्सकहरुको रोजाईमा पर्ने सेती अञ्चल अस्पतालमै दरवन्दी अभाव रहेका बेला अन्य जिल्लामा गएकाहरु माथि पनि दुव्र्यवहार हुन थालेपछि उनीहरु अझ दुर्गममा जान डराएका हुन ।

केही ब्यक्तिको क्षणिक स्वार्थका कारण सर्वसाधारणको ठुलो संख्या, उपचारबाट बञ्चित हुनुपरेको छ ।

सिराहा घर भएर डोटीमा स्वास्थ्य सेवा दिन पगेका डाक्टर जितेन्द्र सिंमाथि डोटीमा केही दिन अगाडी कुटपिट भयो ।

सिह माथि एक समुहले आक्रमण गरेपछि अहिले त्यहाँ वस्ने वातावरण नभएको भन्दै जिल्लाका चिकित्सकहरुले अस्पताल छोडेका छन ।

आफु सेवा दिन जाँदा सहयोगको सट्टा उल्टै नहुने आरोप लगाए वस्ने वातावरण नभएपछि काठामण्डौ गएको सिंहले वताए ।

केही वर्ष अगाडी कञ्चनपुरमा सेवा गर्नका लागि गएका एक जना स्थानीय चिकित्सक त्यहाँ वस्न नसक्ने अवस्था भएपछि अहिले धनगढी आएर सेवा दिईरहेका छन ।

कञ्चनपुरका विरामीहरु महाकाली अञ्चल अस्पतालमा चिकित्सक बस्न नरुचाएकै कारण अहिले धनगढी आएर उपचार गर्न वाध्य भएका छन ।

नेपाल चिकित्सक संघका अध्यक्ष प्रमोद जोशीले भने– "यदि हामीले यस्तै घटनाहरु दोहो¥याई रहने हो भने कोही पनि चिकित्सक यहाँ आउन मान्ने छैन । यसको असर हामी सवै प्रदेश वासीलाई पर्छ । त्यसैले यस्ता घटनाहरु रोकेर डाक्टरहरुलाई काम गर्ने वातावरण वन्नुपर्छ ।"

प्रदेश नम्वर ७ का वासिन्दाहरु अहिले पनि स्वास्थ्य सेवा अभावले समस्यामा परिरहेका वेला कतिपय स्थानमा स्वास्थ्य सेवा दिन गएका डाक्टरहरु माथि दुव्र्यवहार हुन थालेपछि यसले गलत सन्देश जान थालेको छ भने डाक्टर नआउने अवस्था पनि सिर्जना हुँदै गएको छ ।

हाम्रो क्षेत्रमा डाक्टर छैनन् आउने केन्द्रवाट नै यसत घटनाले नराम्रो सन्देश गईरहेको छ कञ्चनपुरमा दुव्यवहार भएपछि सेतीमा आउनु भएका डाक्टर खगेन्द्र भट्टले भने– हामीले वल्लवल्ल आएका डाक्टरलाई सहयोग गरेर स्वास्थ्य उपचार पाउनुपर्छ ।

चिकित्सकहरुलाई सहयोग गर्दै स्वास्थ्य सेवा दिने वातावरण वन्न नसकेको अवस्थामा वल्लवल्ल आएकाहरु माथि पनि आक्रमण र दुब्र्यवहारका घटना हुन थालेपछि यसले समाजमा नराम्रँे सन्देशको प्रवाह भइरहेको छ ।

यस्ता घटनामा संग्लनहरुलाई कारवाही गर्नुको सट्टा वचाउने कारणले पनि स्वास्थ्यकर्मीहरुको मनोवल घटिरहेको डोटीमा दुब्र्यवहारमा पर्नु भएका डाक्टर जितेन्द्र सिंहले वताए ।

देश संघीयतामा गईसकेको अवस्थामा प्रदेश नम्वर ७ मा चिकित्सकमाथि हुने घटनाहरुको न्युनीकरणका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने माग चिकित्सकहरुले गरेका छन ।

यसो भएमा मात्रै यो प्रदेशका वासिन्दाले स्वास्थ्य सेवा नपाउने नत्र वन्चित भईनै रहनुपर्ने नेपाल चिकित्सक संघका महासचिव प्रदीप मिश्रले वताए ।

कमेन्ट लोड गर्नुस