सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झौताको ४ महिनासम्म पनि सेती अञ्चल अस्पताल भवनको निर्माण सुरु भएन

२०७४ फाल्गुन १२, ०९:४३

झन्डै साढे १८ करोडको लागतमा निर्माण हुने सेती अञ्चल अस्पतालको २ तले भवनको निर्माण कार्य सम्झौता भएको ४ महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन् । भवन निर्माणका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीसँग ठेक्का सम्झौता गरेको रविना थेगिम जेभी र अञ्चल अस्पताल विकास समितिको उदासिनताका कारण भवनको निर्माण सुरु हुन नसकको हो । निर्माण कम्पनी र अस्पताल विकास समिति भने एकअर्कालाई आरोप प्रत्यारोप गरि पन्छिन थालेका छन् ।

पटक÷पटक आग्रह गर्दा पनि अस्पतालले कर्मचारी आवासको पुरानो भवन नभत्काउदा निर्माणको काम प्रभावित भएको निर्माण कम्पनीले दाबी गरेको छ । तर अस्पताल विकास समिति र अस्पताल प्रशासनले भने शहरी विकास तथा भवन निर्माण कम्पनीलाई उक्त भवनको लागत स्टमेटका लागि भनिए पनि प्राप्त नहुदा प्रक्रिया थाल्न ढिलाई भएको जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको, शहरी स्वास्थ्य कार्यक्रम अन्र्तगत १८ करोड ४६ लाख २८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको सेती अञ्चल अस्पतालको भवन सम्झौतको चार महिना सम्म निर्माण सुरु भएको छैन । कात्र्तिक २७ गते शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढी र रविना जेभी थेगिम बिच भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । सम्झौतामा एक हप्ता भित्रै काम सुरु गर्नुपर्ने प्रावधार भएपनि चार महिना समम सुरु नहुँदा समयमै काम सम्पन्न हुनेमा आशंका उब्जीएको छ । रविना जेभी थेगिमका इन्जीनयर प्रशान्त बमले आवासको पुरानो भवन नभत्काउदा निर्माणको काम प्रभावित भएको बताउनुभयो ।

सेती अञ्चल अस्पतालको पुरानो आवाशीय भवनहरु भत्काएपछि मात्रै निर्माणको काम सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । तर अस्पताल विकास समिति र अस्पताल प्रशासन भने सरकारी भवनहरु हचुवाको भरमा भत्काउन नमिल्ने भएकाले त्यसको प्रक्रियामा जाने तयारीमा रहेकोसेती अञ्चल अस्पताल विकास समितिकी अध्यक्ष रिता भण्डारी बलले बताउनुभयो । भण्डारीले यस्तो दाबि गरेपनि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भने लागत स्टीमेट अस्पताललाई बुझाइ सकेको जनाएको छ ।

भवनको लागत स्टीमेट तयार गरेर बीहिबार मात्र अस्पताललाई दिइएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जीनीयर मोहनदेब अवस्थीले बताउनुभयो । २ वर्ष ६ महिना निर्माण अवधी तोकिएको उक्त भवन निर्माणको चार महिना काम नभई बितेको छ । सम्बन्धीत निकायबीचको यस्तो आरोप प्रत्यारोपले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ ।

कमेन्ट लोड गर्नुस