सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ९ वटै जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि ख्वाइँदै

२०७४ फाल्गुन १२, ०४:१८

आजदेखि सुदूरपश्चिमका ९ वटै जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाईदै छ । हात्तीपाइले रोग निवारणका लागि सरकारले आजदेखि औषधि खुवाउने अभियान सुरु गरेको हो ।

फागुन १२, १३ र १४ गते सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्जुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा हात्तिपाइले विरुद्धको औषधि खुवाउन लागिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनैपनि रोगका सिकिस्त बिरामीले नखान डाक्टरहरुले सुझाव दिएका छन् ।

हात्तिपाइले विरुद्धको औषधि खाली पेटमा नखान पनि डाक्टरले सल्लाह दिएका छन् । नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि सुरु भएको हो ।

कमेन्ट लोड गर्नुस