सेती अस्पतालमा सेफ्टी ट्याङकी फुटेपछि दुर्गन्ध फैलीयो
सेती अञ्चल अस्पतालको आकस्मीक कक्ष पछाडीको सेफ्टी ट्याङकी फुटेपछि दुर्गन्ध फैलीएको छ । फुटेको सेफ्टी ट्याङकी मर्मत नभएपछि उपचारका लागि आउने बिरामी र तिनका आफन्तहरु हैरान भएका हुन् ।
एक हप्तादेखी फुटेको सेफ्टी ट्याङकी मर्मत नभएपछि आकस्मीक कक्ष पुरै दुर्गन्धीत भएको छ । उपचारका लागि आएका बिरामी तथा कुरुवाहरुले दुर्गन्धका कारण आकस्मीक कक्षमा उभिन सक्ने अवस्था समेत नरहेको बताएका छन् ।
महेन्द्रनगरबाट आमाको उपचारको लागि आएकी सीलादेवी रोकायाले अस्पताल पछाडीको सेफ्टी ट्याङकीबाट आउने गन्धले बस्न गाह्रो पारेको बताईन् ।
तर के गर्नु बाध्य भएर बस्नुपरेको छ, उनले भनिन् अस्पताल प्रशासनले के गरेर बसेको होला ? वुवाको उपचारका लागि अस्पताल पुगेका सन्तोशीटोलका हरिश साँवदले पनि सेफ्टी ट्याङकीबाट आउने गन्धले हैरान बनाएको बताए । हप्तादिन देखी सेफ्टी ट्याङकी फुटेको भएपनि मर्मतका लागि कसैले ध्यान दिएका छैनन । आकस्मीक कक्षमा भेटिएका अस्पतालका डाक्टर चेतन अवस्थीले दुर्गन्धले असहज भईरहेपनि अस्पताल प्रसासनले मर्मत नगरेको बताए ।
आफुहरु व्यवस्त हुने भएकाले अस्पताललाई गुनासो गर्ने फुर्सद नै नमिलेको भन्दै उनले प्रशासनले मर्मत गर्नुपर्ने जनाए ।