सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कैलाली अधिवेशनमा ५७८ मत खस्यो , आजै राति मतगणना हुने

२०८० फाल्गुन ११, ०९:१० खबर संवाददाता

धनगढीः नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रवार) मतदान भएको छ।

अधिवेशन उद्घाटन भएको छैटौँ दिन सुखडको घोडाघोडी बहुमुखी क्याम्पसमा बिहान साढे ८ बजदेखि मतदान सुरु भएको थियो । झण्डै १२ घण्टासम्म चलेको मतदानमा ५७८ मत खसेको छ। निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार ५९१ जना प्रतिनिधि रहेकोमा १३ मत भने खसेन।

मतदान सकिएसँगै अहिले मुचुल्का उठाउने काम भइरहेको छ। शुक्रवार रातिदेखि नै मतगणना गरिने जोराले बताए। एमाले कैलालीको अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्यानलसहित उम्मेदवारी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस