सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाका नेता श्रेष्ठमाथि पार्टी कार्यालयमै हातपात

२०८० फाल्गुन २७, ०४:३२ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट भएको छ।

उनीमाथि आइतवार बिहान हातपात भएको हो। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको नेता दीपकबहादुर सिंहले बताए।

उनले आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका रहेका र उनीहरू फरार रहेका बताए। उनीहरुको खोजीका लागि प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए।
 

कमेन्ट लोड गर्नुस