सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाम–२ मा हुने उपनिर्वाचनमा रास्वपाबाट रमेश प्रसाई उम्मेदवार बन्ने 

२०८० फाल्गुन २८, ०५:४९ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ।

सोमवार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले बताए। त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको उनले बताए।

एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ। उपनिर्वाचनमा इलामबाट रमेश प्रसाई उम्मेदवार बन्ने सम्भावना बलियो रहेको तर निर्णय भने भइनसकेको ढकालले बताए। 
 

कमेन्ट लोड गर्नुस