अब राजनीतिमा सक्रिय हुन्छुः निवर्तमान प्रदेश प्रमुख जोशी
धनगढीः निवर्तमान सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सक्रिय राजनीतिमा लाग्ने बताएका छन्।
सोमवार पदमुक्त भएका जोशीले मङ्गलवार धनगढीमा पत्रकारसँगको भेटघाटमा पहिलेजस्तै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुने बताएका हुन्। २०७८ को कात्तिक २३ मा प्रदेश प्रमुखमा नियुक्त भएका जोशीको कार्यकाल करिब २८ महिनाको रहेको छ।
यो अवधिमा आफ्नो जिम्मेवारी र भूमिका सही ढङ्गले निर्वाह गर्न सकेको जोशीले बताए। उनले आफ्नो कार्यकाल सफल भएको दाबी समेत गरे। संविधानले दिएको दायित्व निर्वाह गर्न सकेकोमा खुशी लागेको बताउँदै जोशीले सबै पक्षबाट सहयोग र सद्भाव पाएको बताए।