संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चैत ६ गते
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चैत ६ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ। बुधवारका लागि सो कार्यक्रम कार्यसूचीमा रहेपनि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमका कारण कार्यसूचीबाट हटाइएको थियो।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ४ मा रहेका सांसदहरुले यो महिना प्रश्न सोध्नका लागि प्रतिनिधिसभा नियमावलीको नियम ५८ बमोजिम चैत २ गते दिउँसो ३ बजेभित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्ने सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् ।