सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ः अध्यक्ष ओली

२०८० चैत्र २, ०७:५६

महेन्द्रनगरः नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताए। एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनलाई बिहिवार महेन्द्रनगरमा सम्बोधन गर्दै उनले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताए।  ‘हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रूपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ’, अध्यक्ष ओलीले भने, ‘यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ।’

उनले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने  बताए। उनले भने, ‘मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसित सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ।’

कमेन्ट लोड गर्नुस