आगलागीमा परी तीन बालबालिकाको मृत्यु
भोजपुर: भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका र दुई बालकको मृत्यु भएको जानकारी दिए।
आगलागीबाट स्थानीय रमेश कार्कीकी सात वर्षकी छोरी दिपशिखा कार्की, तीन वर्षीय छोरा दियनिस कार्की र अर्का स्थानीय केदार कार्कीका छ वर्षका छोरा प्रनिश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका जनाएको छ। ती बालबालिकाहरू गोठमा खेलिरहेका बेला आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।