सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८० चैत्र १५, ०४:५९ खबर संवाददाता

काठमाडौँः  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ।

नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ। कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता शेयर दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ।

कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ। सो कम्पनीको १९ करोड ३७ लाख ६२ हजार आठ सय ६९ बराबरको कारोबार भयो।
 

कमेन्ट लोड गर्नुस