सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा राप्रपाबाट किशोर खड्काको उम्मेदवारी

२०८० चैत्र २३, ०४:३० खबर संवाददाता

बझाङः बझाङमा आगामि बैशाखमा हुने उपनिर्वाचनका लागि किशोर खड्काले उम्मेदवारी दिएका छन्।

प्रदेश सभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने निर्वाचनको लागि खड्कालाई उम्मेदवार बनाउने पार्टीले घोषणा गरेको छ।

जनताले युवा उम्मेदवार खोजेकोले लामो समयदेखि पर्यटन व्यवसायमा लागेका खड्कालाई उम्मेदवार बनाइएको राप्रपा बझाङका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए। खड्का पूर्व पत्रकार समेत हुन्। सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिलामन्त्री समेत रहेका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भए पछि रिक्त रहेको प्रदेश सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ।
 

कमेन्ट लोड गर्नुस