नेविसंघको २०८१ पुसभित्र महाधिवेशन गर्ने निर्णय
काठमाडौँः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले २०८१ पुस मसान्तभित्र महाधिवेशन गरिसक्ने निर्णय गरेको छ।
बैठकले महाधिवेशनको कार्यतालिका भने बनाएको छैन। तर पार्टी नेतृत्वसँगको छलफलमा २०८१ पुस मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो। नेविसंघले ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले महाधिवेशन नभइ राजीनामा दिए छोडेपछि त्यसयता १२ औँ महाधिवेशन गर्न सकेको छैन।
महाधिवेशन गर्न आयोजक समितिका रुपमा सभापति शेरबहादुर देउवाले राजीव ढुंगानापछि दुजाङ शेर्पालाई अध्यक्ष बनाएका हुन्। शेर्पा अध्यक्ष नियुक्त भएकै दुई वर्ष बितिसकेको छ। केन्द्रीय समिति बैठकले २०८ १ को पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय भएको नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले बताए।