एनसेल टावरमा कुकर बम विस्फोट
सिन्धुलीमा रहेको एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ।
जिल्लाको कमलामाई नगरपालिका–४ मा रहेको एनसेलको टावरमा बुधवार राति करिब १ बजेतिर बम विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटका कारण अहिले त्यस आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ। घटनास्थल वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिए पनि घटनाको कसैले जिम्मा लिएको छैन। घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरील जनाएको छ।