सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

२०८१ वैशाख ९, ०९:४७ खबर संवाददाता

काठमाडौंः दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ।

आइतवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले वैशाख १२ देखि १५ गतेसम्म युएईको दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरेका छन्।

सो च्याम्पियनसिपमा पुरुषतर्फको ८०० र १५०० मिटर दौडमा बादल कार्की, पुरुषतर्फको १०० र २०० मिटर दौडमा आदेशकुमार यादव, पुरुषतर्फको १५०० र ३००० मिटर दौडमा अजय विक सहभागी हुदै छन्। त्यस्तै महिलातर्फ १५०० र ३००० मिटर दौडमा कल्पना बुढाले भाग लिदै छन्। त्यस्तै खेलाडीसँगै प्रशिक्षकको रुपमा कान्ती महतो पनि जाँदै छन्।
 

कमेन्ट लोड गर्नुस