सुदूर नेपाललाई विश्वसँग जोड्दै

कतारका राजा नेपाल आउँदै

२०८१ वैशाख १०, ०६:११ खबर संवाददाता

काठमाडौँः कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मंगलवार नेपाल आउँदैछन्।

परराष्ट्र मन्त्रालयले आइतवार विज्ञप्ति जारी गर्दै उनले मंगलवार र बुधवार नेपालको भ्रमण गर्न लागेको औपचारिक जानकारी दिएको हो। कतारबाट हुन लागेको यो नै अहिलेसम्मको उच्च भ्रमण हो। कतारबाट यस अघि मन्त्रीहरुले भ्रमण गरेपनि अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका थिएनन्।

कतारका अमिर नेपालसहित तीन एसियाली मुलुकको भ्रमणमा आइतवार निस्किसकेका छन्। दोहाबाट फिलिपिन्स उडेका उनी बंगलादेश हुँदै नेपाल आइपुग्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार द्विपक्षीय वार्ता गर्ने छन्।

त्यसक्रममा दुई देशका बीचमा केही सम्झौता र समझदारीहरुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ। अमिर बुधवार बेलुकी कतार फर्कने छन्।

कमेन्ट लोड गर्नुस