अत्तरियाबाट लागुऔषधसहित एक होटल सञ्चालक पक्राउ
२०८१ वैशाख १३, ०९:१२
धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषध (चरेश) जस्तो देखिने पदार्थसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको छबिस पाथीभरा गाउँपालिका–७ का कलक धामी रहेका छन्।
गोदावरी नगरपालिका–२ अत्तरियामा अन्नपुर्ण होटल समेत संचालन गर्दै आएका धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो पक्राउ गरेको हो।
धामीको साथबाट १ सय ९८ दशमलव ८७ ग्राम लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
कमेन्ट लोड गर्नुस