बझाङमा खस्यो २६ हजार १८० मत
बझाङः बझाङ प्रदेश सभा निर्वाचन (१) मा भइरहेको उपनिर्वाचनअन्तर्गत उत्साहपूर्वकरुपमा मतदान भइरहेको छ।
बिहान ७ बजेदेखि मतदान भइरहेकोमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार अपरान्ह ३ बजेसम्म २६ हजार १८० मतदाताले मतदान गरिसकेका छन्।
उनका अनुसार ७४ वटै मतदान स्थलमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ। चुनावलाई स्वच्त र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। बझाङमा ६१ हजार सात सय ४८ मतदाता छन्।