सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा, २४ हजार बढी मत गणना

२०८१ वैशाख १७, १०:२७ खबर संवाददाता

धनगढीः बझाङ प्रदेश सभा १ को मतगणना जारी छ।

मतगणनाको प्राप्त पछिल्लो विवरणअनुसार नेकपा एमाले र कांग्रेसका उम्मेदवारबिच कडा प्रतिस्पर्धा भइरहेको छ। सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका छन्। तर, एमालेका भण्डारीले मतान्तर घटाइरहेका छन्।

पछिल्लो परिणाम अनुसार सिंहले ९१६७ मतका साथ अग्रता लिइरहेका छन् भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन्। उनीहरूबिचको मतान्तर ८३  मात्रै छ। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३५३५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ मत पाएका छन्।

राप्रपाका किशोर खड्काले २१८ मत ल्याएका छन्। यस क्षेत्रमा ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ। अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार सिंह अगाडि छन्। उनले ९१६७ मत ल्याएका छन्। सिंहलाई नेकपा (एमाले) का उम्मेदवार भण्डारीले पछ्याइरहेका छन्। भण्डारीले ९०८४ मत ल्याएका छन्। कांग्रेसका सिंहसँग एमालेका भण्डारीले मतान्तर घटाउँदै लगेका छन्।

माओवादी केन्द्रका उम्मेदवार बुढाले ३५३५ र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार सिंहले २४२७ मत ल्याएका छन्। ५० वडा रहेको बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा अहिलेसम्म ३८ वटा वडाको मत गणना गरिसकिएको छ। अहिलेसम्म सदर मत २४४९८ छ। २०७९ को चुनावमा गठबन्धनबाट कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए।

कमेन्ट लोड गर्नुस