सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर इन्टरनेट सेवामा समस्या

२०८१ वैशाख २०, ०७:४४ खबर संवाददाता

देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन्।

इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन्। बिहीवार करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन्।

कतिपय सेवाग्राहीले इन्टरनेट चल्न नसकेको बताएका छन् भने कतिपयले चाहिँ चलेको भएपनि सुस्त गति रहेको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस