सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सोडारी दुई पटक असफल, विश्वासको मत लिने तालिकामै ब्रेक

२०८१ वैशाख २२, ०१:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आह्वान भएको बैठक पनि स्थगित भएको छ।

एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो। शनिबार पनि एमालेले विश्वासको मत दिने निर्णय नगरेपछि बैठक स्थगित भएको हो। प्रदेश सभा सचिवालयका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ।

आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताएका छन्। एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले अब थप छलफल गरेर अर्को दिनका लागि मिति निर्धारण गरिने बताएका छन्।

सोडारीलाई विश्वासको मत पाउन निकै सकस भइरहेको छ। मुख्यमन्त्रीको नियुक्त भएको एक महिनाभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। तर सो अवधि नजिकिदै गर्दा पनि विश्वासको मत पाउने आधार भने अझै बनिसकेको छैन्। विशेष गरि एमालेका कारण मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउन सकस भइरहेको हो।

बझाङमा सम्पन्न उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमनबहादुर भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताउँदै आएको छ। विश्वासको मतकै लागि शनिबार आह्वान गरिएको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। वैशाख ६ गते एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

कमेन्ट लोड गर्नुस