सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुखडमा २८ गतेबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुने

२०८१ वैशाख २२, ०४:५० खबर संवाददाता

धनगढीः कैलालीको स’खडमा आगामी २८ गतेबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ। आज कैलालीको घोडाघोडीमा पत्रकार सम्मेलनको आयोजना प्रतियोगिताबारे आयोजकले जानकारी गराइएको हो।

कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको आयोजनामा हुने प्रतियोगिता वैशाख २८ गते देखी जेठ १२ गते सम्म सञ्चालन हुने महासचिव ललित मिश्रले बताए। ‘हामीले घोडाघोडीमा भव्य तयारीका बिच प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका छौँ’ उनले भने ‘अखिल नेपाल फुटबल संघ एन्फाको दीर्घकालीन फुटबल खेलको विकासको लागि प्रतियोगिता आयोजना हुन लागेको छ।’

प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायरका ७ टिम गरि २० टिमको सहभागीता रहने महासचिव मिश्रले बताए। प्रतियोगितामा ए डिभिजनको विजेता क्लवले ७५ हजार र दोस्रो हुने क्लवले ३७ हजार ५ सय पुरस्कार पाउने छन्। त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन्। जिल्ला लिग फुटबल प्रतियोगिताको लागि आज ट्रफि पनि सार्वजनिक गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस