सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अटो र मोटरसाइकल ठोकिदा महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०८१ वैशाख २६, ०५:३८ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा अटो रिक्सा र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–३ की माया तामाङको धनगढीस्थित माया मेट्रो अस्पतालमा बुधवार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–२ मोती बस्तीमा मङ्गलवार सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४९१३ नम्बरको अटो रिक्सा र से ४ प २९६७ नम्बरको मोटरसाइकल ठोकिएका थिए। मोटरसाइकलमा सवारी पुनर्वास नगरपालिका–३ कि मायाकुमारी तामाङको बुधवार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। मोटरसाइकका चालक आइतेबहादुर तामाङ घाइते छन्। उनको उपचार जारी रहेको प्रहरीले बताएको छ।

अटो रिक्साका चालक जयराम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

 

कमेन्ट लोड गर्नुस