सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पानीमा डुबेर दुई बालिकाको मृत्यु

२०८१ वैशाख ३१, ०७:४५ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा नुहाउने क्रममा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

गन्यापधुरा गाउँपालिका-२ कुँवर गाँउको सिमताल खोलामा सोही ठाउँ बस्ने इन्द्रबहादुर मल्लको छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीको छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतवार नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस