जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ: जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो।