प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाने
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भोलि (आइतवार) भारतको नयाँ दिल्ली जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आइतवार दिल्लीतर्फ प्रस्थान गर्ने र सोमवार स्वदेश फर्किने बताएको छ। प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ। तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आइतवार साँझ ७ः १५ बजे शपथ लिने भएका छन्।