सुदूर नेपाललाई विश्वसँग जोड्दै

सदूरपश्चिममा हुरीबतासको चेतावनी

२०८१ जेठ २७, ०५:४६ खबर संवाददाता

धनगढीः हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिममा हुरीबतासको चेतावनी दिएको छ।

विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ। त्यसैगरी आज राति पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउ अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस