सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईईको नतिजा आज बिहान ९ बजे सार्वजनिक गरिने

२०८१ असार १३, ०७:५६ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए। 

त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले बताए । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले आज सार्वजनिक गर्न लागेको हो। 
गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए। 

बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ। त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ। उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन्। पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। 

यसरी हेर्नुहोस्, एसईईको नतिजा:

कमेन्ट लोड गर्नुस