रोल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
माडी गाउँपालिका– ३ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटना भएको हो। सोमवार दिउँसो भएको दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छैन।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।