सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु, एक जना घाइते

२०८१ असार २६, ०५:५५ खबर संवाददाता

बुटवल: बाँकेमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा साँझ ६ बजे दुई महिलालाई चट्याङ लागेको थियो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चट्याङबाट गम्भीर घाइतेको भएको दुवै जनाको कोहलपुर अस्पतालमा मृत्यु भएको बताए।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिकाकि ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस