सुदूर नेपाललाई विश्वसँग जोड्दै

रामेछाममा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु, ९ जना घाइते

२०८१ असार २६, ०६:०३ खबर संवाददाता

काठमाडौं: रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जिप मंगलवार दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा नौजना घाइते भएका छन्। मृत्यु हुनेमा ६२ वर्षीया माया बिक रहेकी छिन्। घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस