बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु
२०८१ असार २७, ०८:१६
पोखरा: बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ।
बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो। उनी घरमा एक्लै बस्दै आएकी थिइन्। प्रहरीलाई बिहान मात्रै खबर पुगेको र घटनास्थल जाँदै गरेको बागलुङ प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस