कञ्चनपुरबाट चरेश मुद्दाका १ जना फरार दोषी १८ वर्षपछि पक्राउ
२०८१ असार २७, ०६:२७
कञ्चनपुरः कञ्चनपुरबाट चरेश मुद्दाका १ जना फरार दोषी १८ वर्षपछि पक्राउ परेका छन्।
कञ्चनपुर जिल्ला अदालतको मिति २०६३ जेठ २२ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ महिना कैद र १ हजार जरिवाना तिर्न बाकी भई फरार रहेका पुनर्वास नगरपालिका–१ बस्ने पल्टा राना भन्ने स्यानु पल्टा रानालाई आज पक्राउ गरिएको हो। रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि सजाय भुक्तानका लागि कारागार चलान गरिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस