सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले दुई बस बगायो

२०८१ असार २८, ०७:१६ खबर संवाददाता

चितवन: नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ।

घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन्। 

प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने, “हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।” उनले  यकिन विवरण भने आई नसकेको बताए। 

कमेन्ट लोड गर्नुस