सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिशूलीमा बस बेपत्ताः थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो 

२०८१ असार २९, ०६:०७ खबर संवाददाता

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये थप दुई जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार उनीहरूको शव पूर्वी नवलपरासीमा फेला परेको हो। उक्त दुर्घटनामा परेका अर्का यात्रुको शव आज बिहान चितवनस्थित गोलाघाटमा भेटिएको थियो। उनी भारतको  बिहारका ऋषिपल साह भएको पुष्टि भएको छ। बाँकी दुई जनाको पहिचान भने खुल्न बाँकी छ।

उनीहरूमध्ये एकजना नारायणी नदी किनारामा बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यी दुईवटा शवको सनाखत भने हुन सकेको छैन। त्रिशूलीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस र यात्रुको खोजी कार्य जारी राखेको छ।
 

कमेन्ट लोड गर्नुस