सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छोडे मन्त्री निवास

२०८१ असार २९, ०९:५१ खबर संवाददाता

काठमाडौँः उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफुले प्रयोग गर्दै आएको सरकारी निवास छोडेका छन्।

साथै उनले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। शुक्रवार संसद्मा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरेका हुन्।

‘काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ,’ सम्बोधनका क्रममा उनले भने, ‘हामी सबै दाजुभाइ, साथीभाइ र परिवार हौँ।’
 

कमेन्ट लोड गर्नुस