राज्यमन्त्री रायको हत्या प्रकरणः एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइयो
काठमाडौँः पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सम्बन्धमा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाही निवासी राज्यमन्त्री रायको गएराति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहका अनुसार रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए।
ती व्यक्तिले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ। हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने प्रस्ट भइसकेको छैन। घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टमका लागि शवलाई मलंगवा पठाइएको प्रहरीले जनाएको छ।अनुसन्धानमा संलग्न प्रहरीका अनुसार राज्यमन्त्री रायको हत्यामा घरेलु हतियार प्रयोग भएको देखिन्छ।