परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको शिष्टाचार भेट
२०८१ साउन १०, ०४:११
काठमाडौँः परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले बिहीबार शिष्टाचार भेट गरेकी छन्।
परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस