सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीनवटा चितुवा मृत फेला

२०८१ साउन ११, ०६:११ खबर संवाददाता

मलेखु: धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीनवटा चितुवा मृत फेला परेका छन्। गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा भेटिएका हुन्।

घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए। मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ। थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

कमेन्ट लोड गर्नुस