कीर्तिपुर नगरपालिकाका मेयर राजकुमारको निधन
२०८१ साउन ११, ०१:१९
काठमाडौँः कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।
उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताइन्। मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए।
नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। २०२० साल असार २० गते जन्मिएका नकर्मी काठमाडौं जिल्ला कांग्रेस समितिका उपसभापतिसमेत हुन्।
कमेन्ट लोड गर्नुस