पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेत: पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। आइतबारदेखिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको छ।
माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।सडक अवरुद्ध भएसँगै सुर्खेतबाट माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेततर्फ आउँदै गरेका सवारी साधनहरू बिच बाटोमा अलपत्र छन् ।