सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट मल्लको शव परिवारलाई बुझाइयो

२०८१ साउन २५, ०३:३४

काठमाण्डौः नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट क्याप्टेन अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो। यस्तै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकको पहिचानका लागि आधार सङ्कलन गर्ने काम हुँदैछ।

चिनियाँ नागरिक जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया चलिरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डाक्टर गोपालप्रसाद चौधरीले जानकारी दिए। शवको पोस्टमार्टम भने सकिएको छ।

अस्ति बुधवार दिउँसो काठमाण्डौबाट रसुवाको स्याफ्रुबेसीका लागि चिनियाँ पर्यटक लिएर उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना हुँदा पाइलट मल्लसहित पाँच जनाको ज्यान गएको थियो।


 

कमेन्ट लोड गर्नुस