विद्युत प्राधिकरणको गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड नाफा
काठमाडौंः नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०र८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रवार पत्रकार सम्मेलन गर्दै यसबारेको जानकारी दिएका हुन्।
दोस्रो कार्यकालका लागि प्रबन्ध निर्देशक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रवार पत्रकार सम्मेलन गरेर घिसिङले प्राधिकरणले गत आर्थिक वर्षमा कमाएको नाफा बारे जानकारी दिएका हुन्।आर्थिक वर्ष ०७२र७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन,।
घिसिङले भने, ‘आर्थिक वर्ष ०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफ कमाउँदै प्राधिकरणले सुरु गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।’