पशुपति कोटीहोम महायज्ञमा के भने आचार्य कृष्ण दमाइले?
काठमाडौँ ः पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन्। कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन्।
दमाईलाई समारोहमा भव्य स्वागत र सम्मान गरिएको थियो। सम्बोधनको सुरुवातमा उनले आफूलाई यो स्थानसम्म पु¥याउने गुरुहरूलाई धन्यवाद दिए। दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन गरे। ‘मलाई यो क्षेत्रमा पु¥याउने गुरुहरूप्रति आभार प्रकट गर्न चाहन्छु। एउटा सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरूमा मलाई समावेश गराउने आदरणीय गुरुहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ।
मैले स्वर्ग प्राप्त गरेको छु । म विद्यालयमा पढ्दा सधैँ प्रथम हुन्थे। २०६४ सालमा एसएलसी उत्तीर्ण गरेँ। हरेक ठाउँबाट बधाई आयो। साइन्स, म्याथ पढ्ने इच्छा नभएको होइन, तर मेरो कर्म र मेरो भाग्यले यो क्षेत्रमा डो¥यायो, जसले गर्दा मेरो शरीर नरहे पनि म महान् गुरु ईश्वरदत्त भट्टलाई सधैँ सम्झिरहनेछु। ती गुरुले मलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाउनुभयो भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि छात्रवृत्ति पाएर सोचेको ठाउँमा पढ्न सक्छस् भनेर बाटो देखए। त्यो पवित्र ठाउँमा पुगेपछि गुरुहरूको आशीर्वादले माया र प्रेरणाले यहाँसम्म पुगेँ। गुरुहरूलाई पुनः शिर झुकाइ अर्पण गर्न चाहन्छु।
कतिपय मानिसहरूले धरै कुरा भने। यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे। मलाई गुरुले धेरै कुरा भनेर जानुभएको छ। मैले धेरै भन्नुपर्ने अवस्था छन्। मैले कर्मकाण्डका लागि होइन, आफ्नो विद्वताका लागि, आफ्नो सनातनका लागि जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ। मैले आफ्नो माता र पिता गुमाइसकेको अवस्था हो। १२ मा पढ्दा माताको मृत्यु भएको थियो। साह्रै भतारिएको थिएँ । ८ वर्षपछि २०७८ सालमा बुवाले पनि देहत्याग गर्नुभयो। बुवाले भन्नुहुन्थ्यो कृष्णबाबु तिमी एक दिन असल मान्छे बन्नू। म आज प्रत्येक शुभकार्यमा मातापिता र गुरुदेवलाई कोटीकोटी प्रणाम गर्छु । मैले प्रस्ट रूपमा गुरुजीलाई भनेको थिएँ।
मलाई यहाँसम्म पु¥याउनुभयो, यसरी बिराजमान गराउनुभयो। पूर्वतयारी नगरेको अवस्था थियो। यसर्थ म आत्मप्रवचनको व्यवस्था गर्छु। दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन पढ्नुपर्ने रहेछ भन्ने आजको यस ऐतिहासिक कोटीहोमले गरेको हुनाले म श्री विजयकृष्ण मूर्तिज्यू महाराजलाई कृतज्ञता प्रकट गर्छु। यस्तो पवित्र स्थलमा पुग्छु र बोल्छु भन्ने कल्पनै थिएन। हामीमा धार्मिक रूपले विध्वंस मच्चाइ एक अर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ।
अहिलेसम्म हिन्दु सनातनले सहँदै आएको छ। अब हामी हिन्दूत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ। हिन्दु संस्कारलाई बचाउनु छ भने सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरुरी छ। सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नु जरुरी छ । एकएक शब्द होइन, लाखौँ शब्दले पूर्व पश्चिम, उत्तरऔदक्षिण सबैतिर धर्मको दियो जलाउनु जरुरी छ। मेरा लागि यो ऐतिहासिक कोटीहोम स्वर्गमय बनेको छ।’