सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गरौँः सांसद शेर्पा

२०८१ साउन ३१, ०२:५६

काठमाडौंः राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै प्रश्न उठ्ने गरेको बताए। उनले सरकारबाट गल्ती कमजोरी भएको भए पनि त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए। उनले राष्ट्रिय परिचयपत्र लागू गर्दा निश्चित समय तोक्नुपर्ने बताए।

उनले सामाजिक सुरक्षा भत्ताहरुमा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागू भएपछि कम हुँदै गएको बताए। उनले राष्ट्रिय परिचय पत्र लागू गराउन सबैले पहलकदमी लिनुपर्ने बताए।
सांसद शेर्पाले संविधान संशोधन एउटा प्रक्रियाबाट हुने बताए। उनले सत्तामा बस्ने शासकहरुले विधिको शासन चलाउनुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस